मेची रंगशाला कभर्डहलमा जेठ ९ शनिवार अधिवेशन भद्रपुर झापा गोल्डकप अध्यक्ष दिपेश ढकालज्यूको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलज्यूको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी समुद्घाटन भयो ।
कार्यक्रममा सचिव तिर्थराज ढकालले संस्थागत प्रतिवेदन पेश , अध्यक्ष द्वारा स्वागत तथा मन्तब्य राख्नुभयो, शुभकामना मन्तब्य कृष्णकुमार मैनाली ,टिकाराज ढकाल, बसन्त बानिया,टेकबहादुर खड्का ,प्रमुख अतिथिबाट राखिएको थियो ।
निर्वाचन समिति सदस्य गोपाल गिरीले अधिवेशनको औपचारिक कार्यक्रम पश्चात संचालन गर्नुभएकोमा संयोजक अधिवक्ता दिपेन्द्र भट्टराईले निर्विरोध निर्वाचत पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणा गर्नुभयो र सहभागी सबैबाट बधाई ज्ञापन गरियो ।
२७ सदस्यीय पदाधिकारी सदस्यमा अध्यक्ष दिपेश ढकाल,बरिस्ठ उपाध्यक्ष आदित्य पराजुली ,उपाध्यक्षहरु डिल्लीराम घिमिरे ,गौरब सुब्बा ,बसन्त बानिया,बाबुराम पराजुली ,महासचिव जीवनकुमार श्रेष्ठ ,सचिव द्वय टहलदास मैनाली र तिर्थराज ढकाल ,सहसचिव योगेन्द्र पौडेल ,कोषाध्यक्ष अजयकुमार साहेवाला, सहकोषाध्यक्ष नितेश वर्मा, सदस्य अर्जुनराइ, भरत गुरुङ, टेकबहादुर गुरुङ ,खोमाकुमारी दाहाल, पुर्णमाया सुब्बा ,बिक्कि शाह कल्वार,प्रज्वल राइ, कुमार गिरी,सम्शेर तामाङ , निरासव प्रधान,मुकेश मित्रुका,रियाज ढकाल,तोयानाथ गडतौला,कुमार श्रेष्ठ र कबिन राइ निर्वाचित हुनुभएको घोषणा संयोजक दिपेन्द्र भट्टराईले गर्नुभएको थियोे ।