१) बैठकले भद्रपुर झापा गोल्डकपको आर्थिक वर्ष २०८०/२०८१ को आय ब्यय जानकारी तथा अनुमोदन गरेको छ र प्रतिवेदन सह कोषाध्यक्ष अजय साहेवालाले प्रस्तुत गर्नुभएको छ। २) सिल्को ग्रुप अफ कम्पनी सिलिगुडसंगको सहकार्यमा खेलाडी सम्मान तथा खेल सामग्री हस्तान्तरण कार्यक्रम डेग्लो होटलमा भव्य ढंगले सम्पन्न भएको समिक्षा गर्दै भए गरिएको खर्च जानकारी तथा अनुमोदन गरेको छ । ३) बैठकले भद्रपुर झापा गोल्ड कप पदाधिकारी र सदस्य पदमा थप मनोनयन गरि जिम्मेवारी दिने निर्णय गरेको छ । नव मनोनीत उपाध्यक्ष पदमा पुर्व प्रदेश माननीय बसन्तकुमार बाँनिया,सचिव पदमा तिर्थराज ढकाल र सदस्य पदमा अर्जुन राई रहनुभएकोछ ।
Please enter your email address to get latest updates on our activities.